नियम १९
बीमा सम्बन्धी अन्य व्यवस्था
(१) इजाजतपत्रवालाले वैदेशिक रोजगारमा कामदार पठाउँदा प्रचलित कानून बमोजिम मान्यता प्राप्त बीमकबाट बीमा गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बीमा गराउँदा तिर्नु पर्ने प्रिमियम रकम र सोको भुक्तानी सम्बन्धी व्यवस्था बीमित र बीमकबीच सम्झौता भए बमोजिम हुनेछ ।
(३) कुनै इजाजतपत्रवालाले कुनै कामदारसँग एउटा कम्पनीमा काम गर्ने भनी करार गरी सो भन्दा भिन्न कम्पनी वा काममा लगाएको कारण बीमा सम्बन्धी प्रिमियम र दायित्वमा फरक पर्न गएमा त्यस्तो फरक परे जति दायित्व इजाजतपत्रवालाले व्यहोर्नु पर्नेछ ।
(४) रोजगारदाता संस्था र कामदार बीचको करार अवधि समाप्त भैसके पछि पुन करार अवधि थप गर्नु पर्दा करारमा बीमाको दायित्वको सम्बन्धमा उल्लेख गर्नु पर्नेछ ।
(५) करार अवधि समाप्त भैसकेपछि इजाजतपत्रवालाको सिफारिसमा पुन करार अवधि र प्रवेशाज्ञाको म्याद थप गरिएकोमा सो अवधिको कामदारले बीमा सम्बन्धी दायित्व इजाजतपत्रवालाले व्यहोर्नु पर्नेछ ।
तर इजाजतपत्रवालाको सिफारिस बिना कामदारले करार अवधि र प्रवेशाज्ञाको म्याद थप गराई बसेमा सो अवधिको बीमा सम्बन्धी दायित्व इजाजतपत्रवालामा रहने छैन ।